जनप्रतिनिधि नै स्थानीय तह कसरी संचालन गर्ने भन्ने अन्योलमा ! | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

जनप्रतिनिधि नै स्थानीय तह कसरी संचालन गर्ने भन्ने अन्योलमा !

udaypur

गोपाल पोखरेल
उदयपुर, ९ जेठ । निर्वाचन भएको १ बर्षमा पनि उदयपुरका अधिकांश स्थानीय तहले कानुन बनाएका छैनन् । आवश्यक कानुन र कर्मचारीको अभावका कारण जनप्रतिनिधिले जनचाहना अनुसार काम गर्न सकेका छैनन् ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बित्यो । २० बर्षपछि स्थानीय तहमा आफैँले चुनेका जनप्रतिनिधि आए । तर उदयपुरका अधिकांश स्थानीय तहले एक बर्षमा आवश्यक कानुन बनाएका छैनन् । कानुन नबन्दा नागरिकले सेवा पाउन सकेका छैनन् । सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेपनि जनप्रतिनिधि नै स्थानीय तह कसरी संचालन गर्ने भन्ने अन्योलमा छन् ।

कानुन र कर्मचारीको अभावका कारण जनचाहना अनुसार काम गर्न नसकेको जनप्रतिनिधिहरु स्वीकार गर्छन् । केही स्थानीय निकायले कानुन बनाएर कार्यान्यन गर्ने तयारी गरेपनि संघ र प्रदेश सरकारले निर्माण गर्ने कानुनसँग बाझिने डरले लागु गरेका छैनन् ।

स्थानीय तहले कर्मचारी र भवनको अभाले वडा कार्यालय समेत खोल्न सकेका छैनन् । सरकारले केन्द्र र प्रदेशलाई मात्र चासो दिएको स्थानीयको गुनासो छ । देशलाई समृद्ध बनाउन र निर्वाचनको समयमा जनाएको प्रतिबद्धा अनुसार काम गर्न स्थानीय तहलाई बलियो बनाउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);