स्थानीय तहको कामकाज प्रभावकारी हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्थानीय तहको कामकाज प्रभावकारी हुन सकेन

सुशील भण्डारी
अछाम, २३ फागुन । स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष पुग्न लाग्यो तर स्थानीय तहको कामकाज प्रभावकारी हुन सकेको छैन । जनप्रतिनिधि आएपछि विकास निर्माणले गतिलेला भन्ने अछामेली जनताको आशा थियो । तर निर्वाचनमा जनतासँग गरेको बाचा जनप्रतिनिधिले भुलेको गुनासो आउन थालेको छ । उता जनप्रतिनिधिले भने वडा कार्यालय नहुँदा र कर्मचारीको अभावका कारण काम प्रभावकारी रुपमा गर्न नसकेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार गाउँगाउँमा पुगेको छ । प्रशासनिक कामकाजको लागि सिंहदरबार धाउनुपर्ने बाध्यता हटेको छ । तर अछामका जनप्रतिनिधि आफै अन्योलमा हुँदा सेवा प्रभाकारी हुन सेकेको छैन । निर्वाचन भएको एक वर्षमा पनि कतिपय स्थानीय तहमा वडा कार्यालय खुल्न सकेको छैन । वडा कार्यालय संचालन नहुँदा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचरीको अभाव कारण कामकाज प्रभावकारी रुपमा गर्न नसकेको जनतिनिधिको भनाई छ । वडा कार्यालय स्थापना नहुँदा घन्टौ हिडेर सेवा प्रवाह गर्न जनप्रतिनिधि बाध्य छन् । कर्मचरी समायोजन नहुँदा र मन्त्रालय र विभागबाटै कर्मचरीको सरुवा हुने भएकाले स्थानीय तहममा कर्मचारीको अभाव भएको हो ।

सिहंदरबारको अधिकार घर आगनमै आएको भन्दै खुसी भएका अछामका जनता अहिले सेवा प्रभावकारी नभएपछि निरास भएका छन् । तत्काल वडा कार्यालय स्थपना र कर्मचरीको समायोजन गरेर स्थानीय तहको कामकाज प्रभावकारी बनाउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);