स्थानीय तहमा वडा कार्यालय स्थापना नहुँदा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

स्थानीय तहमा वडा कार्यालय स्थापना नहुँदा सेवाग्राही मारमा

पुष्कर भट्ट
कञ्चनपुर, १४ फागुन । स्थानीय तहको निर्वाचन भएको ७ महिना बितिसक्यो । तर कञ्चनपुरका अधिकांश स्थानीय तहमा वडा कार्यालय स्थापना हुन सकेको छैन । अधिकांश वडा कार्यालय एउटै कोठाबाट संचालन गर्दा जनप्रतिनिधि र सेवाग्राही मारमा परेका छन् ।

कञ्चनपुरको ९ वटा स्थानयी तह मध्ये भिमदत्तनगर र बेदकोट नगरपालिका बाहेकका अन्य स्थानीय तहमा वडा कार्यालय स्थापना भएको छैन । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिएपनि निर्वाचन भएको ७ महिना बितिसक्दा समेत कञ्चनपुरमा वडा कार्यालयको स्थापना नभएको हो । वडा कार्यालय नुहँदा सेवाग्राही मारमा परेका छन् ।

अधिकांश नगरपालिका र गाउँपालिकाको वडा कार्यलय एकै ठाउँमा संचालन गरिएको छ । वडा कार्यालय र कार्मचरी नहुँदा कामकाज गर्न कठिन भएको जनप्रतिनिधिको गुनासो छ । जिल्ला समन्वय समितिले कर्मचारी समायोजनको पहल नगर्दा कञ्चनपुरका स्थानीय तहमा समस्या भएको हो ।

जिल्ला समन्वय समितिले भने जनशक्तिको अभावले स्थानीय तहमा विषयगत कर्मचारी पठाउन नसकिएको स्विकार गरेको छ । ७ महिना सम्म पनि वडा कार्यालय संचालन नहुँदा सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा कागज र भाषणमै सिमित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);