धुलो धुवाँले अस्तव्यस्त कञ्चनपुरको 'प्रतिभा नगर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

धुलो धुवाँले अस्तव्यस्त कञ्चनपुरको ‘प्रतिभा नगर’

किशोर तामाङ
कञ्चनपुर, १४ फागुन । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ को प्रतिभानगर पुरानो बजार क्षेत्र हो । पछिल्लो समय प्रतिभा नगरको सडक धुलो धुवाँले कुहिरीमण्डल भएको छ । धुलो धुवाँले मानव स्वाथ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।

धुलो धुवाँले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ को प्रतिभा नगर अस्तव्यस्त भएको हो । धुलो धुवाँले जनजिवन अस्तव्यस्त हुँदा पनि सम्बन्धित निकायले बनाउन चासो नदिएको स्थानीयको भनाई छ । धुलो धुवाँले बजार कुहिरीमण्डल हुँदा सवारी साधन चालउन चालकलाई कठिन भएको छ । दुर्घटनाको जोखिम बढ्नुका साथै मानव स्वस्थ्यमा गम्भिर असर परिरहेको बजार क्षेत्रका व्यवसायीको गुनासो छ ।

बजार अस्तव्यस्त हुँदा पटक पटक बनाउन स्थानीय तहलाई आग्रह गर्दा पनि चासो दिएको छैन । स्थानीय तहले भने बाटोमा पानी फाल्न ठेकेदारलाई आग्रह गरेपनि अटेर गरेकाले समस्या भएको भन्दै पन्छिएको छ । धुलोले जनजीवन अस्तव्यस्त भएकाले तत्काल दीर्घकालीन व्यवस्थापन गर्न स्थानीयले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);