झापाको चारआली बजार अस्तव्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

झापाको चारआली बजार अस्तव्यस्त

jhapa

खगेन्द्र घिमिरे,
झापा, १ भदौ । मेची र महेन्द्र राजमार्गसँग जोडिएको झापाको चारआली बजार अस्तव्यस्त भएको छ । जग्गा अतिक्रमण गरेर बसेका व्यवसायी र फोहोरको व्यवस्थापन नहुँदा अस्तव्यस्त भएको हो ।

झापाको मेची नगरपालिका वडा नम्बर १३ मा रहेको चारआली बजारमा जग्गा अतिक्रमण गरेर बसेका व्यवसायीका कारण अस्तव्यस्त भएको हो । साना साना टहरा बनाएर व्यवासाय गर्दा बजार अस्तव्यस्त हुनुका साथै पैदल यात्रुलाई आवात जावतमा समेत समस्या भएको छ । अर्कोतर्फ नगरपालिकाले फोहोरको व्यवस्थापन नगर्दा थप समस्या भएको स्गानीयको गुनासो छ ।

सडक छेउमा व्यवसाय गर्ने व्यापारीका कारण सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारी थप मारमा परेका छन् । झापाका अन्य क्षेत्रमा सडक बिस्तार तथा टहरा टाई सकिएको भएपनि चारआली क्षेत्रमा पनि हटाइएको छैन । नगरपालिकाले बजार क्षेत्रको समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

जथाभावि सवारी साधन पार्किङ र पसल राख्दा दुर्घटनाको जाखिम बढेको छ । त्यसैले सडक छेउछाउमा व्यवसाय गरेर बसेका व्यापारीको व्यवस्थापनि गरि बजार क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);