काठमाडौंलाई सफा र हरियाली शहर बनाउने मन्त्री पण्डितको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौंलाई सफा र हरियाली शहर बनाउने मन्त्री पण्डितको उद्घोष

फूलमाया आले

काठमाडौं, ४ फागुन । काठमाडौँ उपत्यका फोहोर र प्रदुषित शहर भनेर ‘बद्नाम’ हुँदै गर्दा जनसंख्या तथा वातावरणमन्त्रीमा लालबाबु पण्डित नियुक्त भएका छन् । सामान्य प्रशासन मन्त्री हुँदा गरेका काम प्रशंसनीय भएकाले पनि काठमाडौँ उपत्यकाबासीले पण्डितसँग यसपटक ठूलै अपेक्षा राखेका छन् ।

देशको राजधानी काठमाडौँ, जहाँ बस्ने मानिसहरु सधैँ एउटै चिन्तामा हुन्छन्, धुलो र धुवाँबाट कसरी बँच्ने ? किनकी, बाटोमा धुलो र धुवाँले सास फेर्न मुस्कील छ । त्यसैले मन नहुँदा नहुँदै मुखमा मास्क लगाएर हिँड्नुपर्छ ।

धुलो र धुवाँकै कारण विरामी हुनुपर्छ । विहान सुकिलो लुगा लगाएर हिँड्यो, घर पुग्दा कालो हुन्छ । वर्षामा हिलो र हिउँदमा धुलोले दैनिकी नै अस्तव्यस्त पारिदिन्छ । त्यसैले पनि काठमाडौँबासीका लागि हिलो, धुलो र धुवाँ सधैँ चिन्ताको विषय बन्ने गरेको छ ।

काठमाडौँमा बढ्दै गएको प्रदुषण नियन्त्रणका लागि सरकारले प्रयास गरेको देखिँदैन । जसका कारण वर्षेनी उपत्यकामा प्रदुषण बढ्दो छ । यो वर्षमात्रै तोकिएको स्तरभन्दा ५ गुणा बढी वायू प्रदुषण भएको वातावरण विभागले बताएको छ ।

नयाँ संविधान अनुसार मुलुकले तीन तहको सरकार पाएको छ । केन्द्रीय सरकारको जनसंख्या तथा वातावरण मन्त्रीमा एमाले नेता लालबाबु पण्डित नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै पण्डितले उपत्यकालाई सफा, सुन्दर तथा हरियाली बनाउने घोषणा गरेका छन् ।

डिभि-पीआर लिने सरकारी कर्मचारीलाई अयोग्य ठहर गर्ने गरी ऐन ल्याउन सफल भएका लालबाबुलाई काठमाडौँ हरियाली, धुलो धुँवारहित बनाउन त्यति सजिलो त छैन । तर, उनले विगतमा लिएको अडान र कार्यशैलीकै आधारमा उपत्यकाबासी उनीप्रति ठूलो विश्वास पालेर बसेका छन् ।

प्रदुषणका कारण कष्टकर जीवन बिताइरहेका उपत्यकाबासीको यो विश्वास जित्न यसपटक लालबाबु सफल हुन्छन् वा असफल त्यो भने आगामी दिनमा उनले गर्ने कामले देखाउने नै छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);