पानी पर्दा हिलाम्मे, घाम लागे धुलाम्मे राजधानीको सडक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पानी पर्दा हिलाम्मे, घाम लागे धुलाम्मे राजधानीको सडक

सन्दिप शर्मा
काठमाडौं । उपत्यकाका सडकहरू सामान्य पानी पर्दा पनि हिलाम्मे हुन्छन् भने घाम लाग्ने बित्तिकै धुलाम्मे हुनेगरेका छन् । नागरिकहरू देशको राजधानीको सडकमा हिलाम्मे र धुलाम्मे सडकको जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । मनसुन शुरु भएको एक हप्ता पनि नपुग्दै काठमाडौं उपत्यकाका सडकहरू हिलाम्मे बनेका हुन् । पानी पर्दा हिलो र बाढीको चपेटामा पर्ने यात्रुहरू पानी नपर्दा निसास्निे धूलोमा सडकमा यात्रा गर्न बाध्य छन् । सडक निमार्ण गर्दा व्यवस्थित नाली तथा ढल निमार्णमा ध्यान पु¥याउन नक्दा आपूmहरूले जोखिम र कष्टकर यात्रा गर्न परेको अस्मिन यात्रु अस्मिन चालिसे बताउँछन् ।

पानी पर्नासाथ सडकको बीच भागमा नै यातायातका साधनहरू डुब्नेहुँदा यात्रुहरूको बिचल्ली हुन्छ । विगतका वर्षहरूमा उपत्यका भित्रै बाढीमा परी दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना सवारी साधनमा यात्रा गरिरहेका केही यात्रुहरूले ज्यान नै गुमाउन पुगेका छन् । देश कै राजधानी र आम मानिसको सपनाको सहरका रूपमा रहेको उपत्यकामा पानी पर्नासाथ हुने यस्ता घटना सामान्य घटना होइनन् । नागरिकले यात्रा गर्दा धुलो र हिलोको कारण सास्ती खेप्ने गरेको घटना पहिलो घटना पनि होइन । पटकपटक नागरिकले खेपिरहेको सास्ती भने सम्बन्धित निकायले देख्नसकेको छैन । राजधानीको अवस्था त यस्तो छ राजधानी भन्दा बाहिरको अवस्था कस्तो होला भन्दै अर्काे यात्रुहरू अरुण सिवाकोटी व्यङ्ग्य गर्छन् ।

काठमाडौं उपत्यकाका कतिपय सडकमा पहिला साना खहरे खोला रहेको र सोही खहरे खोला पुरेर सडक बनाइएको कारण बढी आउने गरेको सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनित केसी बताउछन् । मुख्य सडक पिच भए पनि भित्री सडकहरु अझै पनि मर्मत गर्नुपर्ने अवस्थामा रहेको हुनाले पनि गाडीले मुख्य सडकमा धूलो ल्याउने र पानी पर्दा हिलो हुने समस्या रहेको उनले बताए । काठमाडौ उपत्यकामा बसोबास गर्ने नागरिकहरुले यस्ता समसयाहरु वर्षेनी भोग्दै आएकाछन । यसको सुधारको लागि सरकारले नै सडक व्यवस्थित बनाउन योजना ल्याएर काम अगाडि बढाउनु पर्ने उनको तर्क रहेको छ ।

भिडियो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);