यी हुन् मुद्दाले काम रोकिएका उपत्यकाका १३ सडक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

यी हुन् मुद्दाले काम रोकिएका उपत्यकाका १३ सडक

chabahil-sankhu road bethiti

काठमाडौं, १६ असोज । पछिल्लो तीन दिन खासै पानी परेन । हिलाम्मे बौद्ध–जोरपाटी सडक पनि धुलाम्मे भयो । सडकपेटीका दसैं लक्षित पसलहरू धूलोबाट जोगाउन प्लास्टिकले छोपिए । धूलोले धेरै बिरामी नै परे । तिनैमध्येका हुन् प्रहरी निरीक्षक हृदयकुमार सापकोटा ।

‘धूलोले बोल्नै नसक्ने गरी घाँटी बसेको छ,’ बौद्ध–जोरपाटी सडकमा ट्राफिक व्यवस्थापनमा खटिएका उनले भने, ‘पानी पर्दा हिलोमा गाडी फसेर निकाल्नै गाह्रो हुन्छ । घाम लागेपछि धूलोले सास फेर्नै मुस्किल छ ।’ वृत्तका अरू चार ट्राफिक प्रहरीको पनि उस्तै हालत छ । ‘सबैको समस्या घाँटी दुख्ने र रुघाखोकी छ,’ सापकोटाले भने ।

चुच्चेपाटी–जोरपाटी खण्ड सबैभन्दा बढी बिग्रिएको छ । काम बेलैमा सक्न स्थानीयले दबाब नदिएका होइनन् । कहिले बाटो बन्द गरे । कहिले सडकमै धान रोपे । तर काम ४० प्रतिशत पनि भएको छैन । ०७२ असोज १३ मा ठेकेदारसँगको सम्झौताअनुसार साढे १२ किमि यो सडक ०७५ वैशाखमै बनिसक्नुपर्थ्यो । मुआब्जा र सम्पत्ति सुरक्षाको माग राखेर सानु बिसंखेसमेत ५० जना, विष्णुप्रसाद श्रेष्ठसमेत ५८, श्रीमाया श्रेष्ठसहित तीन जना र गंगादेवी श्रेष्ठ धौगोडासहित २८ जनाले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चले पहिला सडकको जग्गा यकिन गर्ने र थप जग्गा लिनुपर्ने भए मुआब्जा दिनुपर्ने फैसला गरेको छ ।

‘सर्वोच्चमा मुआब्जाको मुद्दा परेकाले ढिलाइ भएको हो,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख अर्जुन आचार्यले भने, ‘अहिले विवाद नभएको ठाउँमा मात्र काम भइरहेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);