संसदीय समितिले गर्‍याे चावहिल-जोरपाटी-साँखु सडक खण्डको स्थलगत अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

संसदीय समितिले गर्‍याे चावहिल-जोरपाटी-साँखु सडक खण्डको स्थलगत अनुगमन

चावहिल-जोरपाटी-साँखु सडक खण्डको स्थलगत अनुगमन

काठमाडौं, ६ भदौ । संसदीय समितिले चावहिल, जोरपाटी साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको छ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले शुक्रबार चावहिल, जोरपाटी , सांखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।

सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरु समेत सहभागी टोलीले सडक अनुगमन गरेको हो । सडक अनुगमन पछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभयो ।

सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न चेतावनी नै दिनुभयो । उहाँले भन्नुभयो “विरालोलाई लगेर तपाईले ढोकामा थुनिदिनुभयो भने तपाईको घाँटी च्याप्न आउँछ ।”

सभापतिको कडा निर्देशन पछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो ।

जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए । ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे ।

ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाईन दिन ढिलाई गरेका कारण समस्या भएको भन्दै सम्पुर्ण दोष आयोजनातर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।

चावहिल जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका ४ वटा कम्पनी मध्ये एउटा लामा सामानान्तर जेभी मध्येको लामा कन्स्ट्रक्सनका मालिक जीपछिरिङ लामा विकास समितिका सदस्य पनि हुन् ।

अनुगमनका क्रममा समितिले चावहिल मैजुबहाल र जोरपार्टी साँखु सडक खण्ड दुराअवस्थामा रहेको ठहर गरेको छ । कुन भुगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धान विना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);