कम्युनिष्ट सरकारले बोल्न र लेख्न बन्देज लगायो : देउवा | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

कम्युनिष्ट सरकारले बोल्न र लेख्न बन्देज लगायो : देउवा

सुर्खेत, ६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्यूनिष्ट सरकारमा लेख्ने र बोल्ने स्वतन्त्रता नभएको आरोप लगाउनु भएको छ ।

सुर्खेतमा नेपाली कांग्रेसले आयोजना गरेको केन्द्रिय नीति अुनसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा महाधिवबेशन प्रतिनिधिहरुको लागि कर्णाली प्रदेशले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा पुर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले यस्तो आरोप लगाउनु भएको हो ।

स्वतन्त्रताका लागि गणतन्त्र ल्याइएको तर कम्युनिष्ट सरकारले बोल्न र लेख्न नै बन्देज लगाएको बताउनु भयो । कम्युष्टि सरकारको विरुद्ध अन्तिम लडाइ लड्नु पर्ने अवस्था आएको देउवाको भनाई छ ।

सोहि कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री तथा पुर्व गृहमन्त्री पुर्ण बहादुर खड्काले सिँहदरवारले कर्णालीलाई बजेट बिनियोजनमा नचिनेको आरोप लगाउनु भयो ।

ताजा समाचार