सरकारले अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको आरोपः प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सरकारले अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको आरोपः प्रकाशमान सिंह

काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा जहिलेपनि अस्थीरता र भ्रष्टाचारलाई मात्रै प्रसय दिएको आरोप लगाउनु भएको छ ।

पहिलो संविधानसभा देखि अहिलेसम्म कम्युनिष्टहरुले जनताबाट अत्याधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थीरता र भ्रटाचार बाहेक केहीपनि दिन नसकेको नेता प्रकाशमान सिंहको आरोप छ ।

गणेशमान सिंहको १ सय ६ औं जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो ।

सरकारले कोरोना रोकथामको लागि न्यूनतम काम समेत नगरेको उहाँको आरोप छ । नेता सिंहले नेपाली कांग्रेस भित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको उल्लेख गर्नुभयो । पार्टी भित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागिपनि तोकिएको मितिमा नै महाधिवेसन गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाली जनताले गणेशमान सिंह जस्तै चरित्रवान, स्वच्छ छवि भएका राजनीतिज्ञ चाहेको भन्दै नेता सिंहले समयमै सच्चिन नेताहरुलाई आग्रह गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);