राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको नेता सिंहको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको नेता सिंहको आरोप

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको बताउनुभएको छ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध काठमाडौँमा आयोजित एक विरोध सभामा सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको बताउनुभएको हो ।

नेपालको परिवेश अनुकुल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमतप्राप्त सरकारले प्रतिनिधि सभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको मर्म अनुरुप नचलेको बताउनुभयो । संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहेपनि संविधानको बर्खिलाप आएको प्रतिनिधि सभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उहाँको भनाई छ ।

संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नको निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाईको हाराहारीमा मत दिएको भएपनि ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिंहले बताउनुभयो ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्द देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध ¥याली तथा सभाको आयोजना गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);