पौडेल कांग्रेसबाट अलग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पौडेल कांग्रेसबाट अलग

ramchandra paudel

काठमाडौं । नवनिर्वाचित रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ ।

उहाँले पार्टीसँगको संलग्नता त्याग गर्नुभएको हो । कांग्रेस वरिष्ठ नेतासमेत रहनुभएका पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार अइतबारदेखि नै लागू हुने गरी पौडेलले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । साथै, देउवाले राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यम्पादन गर्न पौडेल सफल हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ ।

पौडेल गत मंसिर ४ को चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पौडेल राष्ट्रपति भएपछि यो क्षेत्रमा प्रतिनिधि सभा सदस्य पनि रिक्त भएको छ । यहाँ छ महिनाभित्र उपचुनाव हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);