उपराष्ट्रपतिमा कस्ले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

उपराष्ट्रपतिमा कस्ले मार्ला बाजी ?

काठमाडौं, २९ फागुन । उपराष्ट्रपति पदका लागि चारै जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएनन् । अब चारजना बीच नै प्रतिष्पर्धा हुने भएको छ । तर कसले बाजी मार्ला त्यो भने हेर्न बाँकी छ । उपराष्ट्रपतिमा सत्तागठबन्धन पनि एक हुन सकेन र गठबन्धनबाटै तीनजनाले उम्मेदवारी दिए ।

आईतवार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नाम फिर्ता लिने समय १ देखि ४ बजेसम्मको थियो । कुनैपनि उम्मेदवारले नाम फिर्ता लिनुभएन र हामीले अहिले अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ । अष्टलक्ष्मी शाक्य बोहरा, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव हुनुहुन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);