उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध एमालेको उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवविरुद्ध एमालेको उजुरी

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ । आज शनिबार मनोनयन दर्ता गरेका यादविरुद्ध एमाले सांसद महेश बर्तौलाले आजै उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष हुन नहुने भएकाले यादवको उम्मेदवार कानून विपरित रहेको दाबी गरिएको छ । उजुरीमा नेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्थाबारे उल्लेख छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उपराष्ट्रपतिका उम्मेदवारमा रामसहाय यादव एकमात्र पुरुष हुन् । बाँकी तीनजना महिला छन् ।

आइतवार दिउँसो १२ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय तोकिएको छ । यादवका बारेमा निर्णय भोलि आइतवार १२ बजेसम्म हुनेछ ।
आइतवार नै अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

नेपालमा उपराष्ट्रपतिका लागि रामसहाय यादवसहित प्रमिला यादव, ममता झा र अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् । निर्वाचन ३ चैत्रमा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);