प्रचण्ड समाजवादी मोर्चा बनाएर शक्ति बढाउने रणनीतिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रचण्ड समाजवादी मोर्चा बनाएर शक्ति बढाउने रणनीतिमा

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाउने तयारी गरेका छन् । उनले समाजवादी विचारधाराका दलहरुलाई समेटेर मोर्चा बनाउने तयारी गरेका हुन् ।

प्रचण्डले शनिवार मधेश प्रदेशमा कार्यरत माओवादीका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै भने, भोलि पत्रकार सम्मेलनमार्फत् संयुक्त अपिल गर्दैछौं । केही दिनमा समाजवादी मोर्चा बन्छ ।

पछिल्लो समय दश वर्ष सशस्त्र विद्रोहमा सहभागी माओवादी धारका घटकहरुसँग प्रचण्डले एकताका लागि छलफल बढाएका छन् । उनले ती घटकका नेताहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पटक पटक छलफल गरिसकेका छन् ।

माओवादी धारका घटकका अलावा समाजवादी धारका माधवकुमार नेपाल नेतृत्वको नेकपा एस, जनता समाजवादी पार्टीलगायतसँग पनि प्रचण्डले मोर्चा बनाउन विगतमा पनि छलफल गरेका थिए ।

प्रचण्डले भनेको समाजवादी मोर्चा वामपन्थी पार्टीहरुको मोर्चा हो । उनी मोर्चा कस्दै पुनः शक्ति विस्तार गर्न सक्रिय भएका छन् । प्रचण्डले गुमेको शक्ति फिर्ता गर्न समाजवादी मोर्चालाई उत्तम अस्त्र ठानेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);