प्रचण्डले भने–गठबन्धन तोड्ने प्रयास सफल हुन दिंदैनौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रचण्डले भने–गठबन्धन तोड्ने प्रयास सफल हुन दिंदैनौं

काठमाडौं, ३० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा एउटा चलखेल रोके पनि अर्को चलखेल भएको टिप्पणी गर्नुभएको छ ।

आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइराला बसेर गठबन्धनप्रति दृढ रहेको सहमति गरे पनि कोशी मन्त्रिपरिषद विस्तारमा एमालेलाई पनि मन्त्री बनाएर चलखेल भएको उहाँको भनाइ छ ।

कैलालीको धनगढीमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले त्यसलाई सच्याइने बताउनुभयो । आफूहरू रहेको गठबन्धनलाई भत्काउन पटक–पटक चलखेल भए पनि परास्त गरिएको उहाँको दाबी थियो । अर्को एक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले एमालेभित्र ठूलो चिरा परेको भन्दै त्यसलाई सदुपयोग गर्ने सम्भावना बढेको जिकिर गर्नुभयो । कांग्रेस पार्टी हो कि मञ्च हो कि मोर्चा हो बुझिसाध्य नभएको उहाँको टिप्पणी थियो ।

समाजवादी मोर्चा संसदीय अंकगणितमा कमजोर भएकाले सरकारको नेतृत्व लिन सजिलो नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);