आत्मनिर्णयको अधिकार धरापमा पार्न विदेशीहरुको चलखेल : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आत्मनिर्णयको अधिकार धरापमा पार्न विदेशीहरुको चलखेल : प्रचण्ड

prachanda

काठमाडाैं, ११ चैत । ने.क.पा माओवादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले लोकतान्त्रीक गणतन्त्रको स्थायित्व नचाहनेले प्रधानमन्त्री ओलीलाई दलालको रुपमा प्रयोग गरेको आरोप लगाएकाे छ ।

आज काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रीक गणतन्त्र मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको बताउए ।

उनले खतरा अझै नटरेको र नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा पार्न विदेशीहरुको चलखेल भएको तर्फ पनि आशंका गरेकाे छ । अध्यक्ष प्रचण्डले राज्यले निजि क्षेत्रलाई आफ्नो विरोधी ठानेको बताउँदै राज्य र राज्य अन्तर्गतका कर्मचारीले निजिक्षेत्रलाई निचोरेर फाईदा उठाउने गरेको आरोप समेत लगाए ।

निजी, सार्वजनिक, सहकारिको सहि समायोजनबाट नै नेपालको अर्थतन्त्र समाजबाद उन्मुख हुने भन्दै समाजबाद उन्मुख राज्य बनाउन निजि क्षेत्रको भुमिका लाई समुचित रुपले स्थापित सार्वजनिक क्षेत्र र निजि क्षेत्रको विचमा राम्रो समायोजन बनाउनु आवश्यक रहेको कुरामा जोड दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);