प्रधानमन्त्रीद्वारा एमाले पार्टी कार्यालयको नयाँ भवनको निरीक्षण (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीद्वारा एमाले पार्टी कार्यालयको नयाँ भवनको निरीक्षण (फोटो फिचर)

काठमाडौं, ११ चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरेका छन् । बुधबार थापाथली स्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ ।

हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ । थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको र बैशाख १ गते सर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);