प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने

काठमाडौं, २० वैशाख । देशमा राजनीतिक अस्थिरता फेरि बढ्ने घटनाक्रम विकास हुने भएको छ । प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने अवस्था बन्दै गएको छ ।

सत्ता गठबन्धनभित्रको विवाद छताछुल्ल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कुनैपनि बेला ढल्ने संकेत गठबन्धनकै एकजना मुख्य नेताले गरेका छन् ।

आज बुधवार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डमा दम्भ बढेको भन्दै सरकार ढल्नसक्ने चेतावनी दिए । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता गठबन्धन तोडिन सक्ने चेतावनी समेत दिए ।

नेपालले भने, ‘हामीलाई वाइपास गरेर पीडा दिइएको छ, यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

नेता नेपालले प्रचण्डले राज्यशक्तिको दुरुपयोग गर्न थालेको आरोप पनि लगाए ।

प्रचण्डले सरकारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सामेल गर्न खोजिरहँदा माधव नेपालको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो । लामिछानेलाई सामेल गरे सत्ता गठबन्धनका विभिन्न दलले पाइरहेको मन्त्रालय छाड्नुपर्ने हुनसक्छ ।

यसअघि नेता नेपालले प्रचण्ड र शेरबहादुर देउवासँग आलोपालो सरकार पाँचवर्ष चलाउने सहमति भएको खुलासा गरेका थिए ।

यसैगरी, प्रचण्ड नेतृत्वको सरकारलाई सीके राउत नेतृत्वको जनमत पार्टीले समर्थन फिर्ता लिनसक्ने संकेतहरु देखापरेको छ ।

नेपाली काँग्रेसले थप मन्त्रीहरु सरकारमा पठाइरहेको छैन । यसले पनि प्रचण्डमाथि संकट बढ्न थालेको संकेत देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);