प्रचण्डलाई समर्थन घट्दै, सत्ता संकट बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डलाई समर्थन घट्दै, सत्ता संकट बढ्दै

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सांसदहरुको समर्थन निरन्तर घट्दो छ । २६ पौषमा बहुमत सांसदको समर्थन पाएसँगै प्रधानमन्त्री नियुक्त भएका थिए । पहिलो पटक विश्वासको मत लिंदा २ जना सांसदबाहेक सबैको समर्थन लिन सके ।

प्रचण्डले फेरि सत्ता समिकरण बदले । नेकपा एमालेसँगको गठबन्धन तोडे । त्यसपछि सरकारसँग रहेको बढी सांसदहरुको समर्थन पनि घट्न पुग्यो । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षमा पुग्यो । प्रचण्डले फेरि विश्वासको मत लिए । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमोर्चा नेपालको मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीको पनि समर्थन प्राप्त भयो ।

प्रचण्डले १० पौषमा प्रधानमन्त्री भएपछि विस्तारै सांसदहरुको समर्थन बढाउन सकेका थिए । यतिसम्मकी सरकार बाहिरबाट पनि भारी समर्थन प्राप्त भयो ।
२६ पौषमा प्रचण्डले २७५ सदस्यीय संसदमा २६८ सांसदको समर्थन पाएका थिए । २ जना मात्र विपक्षीमा थिए ।

६ चैत्रमा विश्वासको मत लिंदा १७२ सांसदबाट विश्वासको मत पाए । ८९ सांसद विपक्षमा उभिए ।

२२ वैशाखबाट भने सरकारबाहिरबाट समर्थन गरेको रास्वपाले समर्थन फिर्ता लिएको छ । अब प्रचण्ड सरकारलाई ९ दलको १५८ र २ स्वतन्त्र गरी १६० सांसदको समर्थन प्राप्त छ । विपक्षमा चार दलका ११५ सांसद छन् ।

नेपालको संसदमा १७५ सदस्य संख्या छ । जसमध्ये २ जना सांसद निलम्बित अवस्थामा छन् । प्रचण्ड प्रधानमन्त्री भएको ५ महिना पुग्न लाग्दा निरन्तर समर्थन घट्दो छ । यसलाई सत्ता संकट बढ्दै गएको रुपमा पनि लिइएको छ ।

सत्ता गठबन्धनकै मुख्य घटक नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड सरकार संकटमा परेको संकेत गरिसकेका छन् । उनले कुनैपनि बेला समर्थन फिर्ता लिनसक्ने चेतावनी सार्वजनिक रुपमै गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);