ओलीले हप्ताभित्रै प्रचण्डलाई दुईपटक किन भेटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ओलीले हप्ताभित्रै प्रचण्डलाई दुईपटक किन भेटे

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो हप्ता दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगे । दुवै भेटमा उनको नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो दलका नेताहरु मुछिएको विषयमा चासो थियो ।

आज शनिवार भएको भेटबारे प्रचण्डले खुलेरै ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बढाएको काराबाही प्रक्रियाबारे चासो राखेको बताए । उनले सञ्चारकर्मीको प्रश्नमा ओलीले चासो राखेको बताउँदै कुनैपनि दबाबबाट पछि नहट्ने स्पष्ट पारे । यसको अर्थ ओलीबाट दबाब आएको भन्ने हो ।

ओलीले पनि सञ्चारकर्मीको प्रश्नमा घुमाउरो उत्तरहरु दिए । आफू कसैलाई बचाउन लागेको भन्ने हल्लामात्र भएको बताए । तर, के विषयमा कुरा गरेको बताउन चाहेनन् ।
ओली एमाले सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएकोमा गम्भीर छन् । उनले रायमाझीलाई किन पक्राऊ गर्न खोजेको भनी प्रचण्डलाई भेटहरुमा चेतावनी दिन पुगेको बुझिएको छ ।

यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि मुछिएपछि ओली गम्भीर छन् । अख्तियार प्रमुख प्रेम राईमाथि पनि अनुसन्धान बढाउन खोजिएपछि घटनाक्रम रोचक मोडमा पुग्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);