ओलीविरुद्ध प्रचण्ड आक्रामक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ओलीविरुद्ध प्रचण्ड आक्रामक

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव पछि प्रधानमन्त्री भइएला भन्ने आफैले पनि सोचका थिएनन् । अचानक प्रधानमन्त्री बने । सपथ खाए देखिनै भ्रष्टाचारकाविरुद्ध निर्मम भएर लाग्ने बोल्दै आएका उनले ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ लाई त्यस्तो ‘धनु’ देखे जसले दुई तीर हान्न सक्छ । आफुुलाई छाडेर गएका टोपबहादुर रायमाझीँ र रामबहादुर थापा ‘बादल’ सँगै सिंगो एमाललेलाई नै यसले ठूलो धक्का लाग्न सक्ने चाल ‘प्रचण्ड’ले पाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा ‘क्यान्टोन्मेन्ट काण्ड’को फाइल खोल्न खुबै प्रयास गरेका थिए । त्यसैको रिस फेर्न ‘प्रचण्ड’ हाईप्रोफाइल मुछिएको फाइल खोल्न तयार भएको बुझिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ब्यूतिईएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेविरुद्ध आक्रामक रुपमा लागेको राजनीतिक वृतमा खुबै चर्चा छ ।

तर, यस प्रकरणमा लहरो तान्दा पहरो गर्जीएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् । उनकी पत्नी मञ्जु खाँण सँगै शेरबहादुर देउवा पत्नी आरजु पनि यसमा पुछिएका छन् । यसबाट ओलीलाई केहि राहात मिलेको छ । तर, उनले प्रचण्डलाई धम्की दिन भने छाडेका छैनन् । ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायोगलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप समेत लगाएका छन् । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने उनको दाबी छ ।

ओलीका यस्ता अभिव्यक्तिबाट ‘प्रचण्ड’ पनि आत्तीएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले अख्तीयार प्रमुख प्रेम राईको पनि नाम लिएका छन् । तर, उनीमाथि प्रहरीले एक्सन लिएको छैन् । अख्तियार प्रमुख ओली निकट मानिन्छन् । यो अवस्थामा कतै लगाकु शिविरको फाइल खुल्यो भने के होला ? भन्ने डर उनलाई रहेको बुझिएको छ । यसकारण पनि राईमाथि लागेको आरोपमा प्रहरी केहि उदार देखिएको हो की भन्ने देखिन्छ । रायमाझीँ अझै फरार छन्, उनलाई एमालले पार्टीको सचिव पदबाट निलम्बन गरेको छ । उनलाई एमालेले प्रहरीसँग सम्पर्कमा आएर अनुसन्धानलाई सहयोग गर्न पनि भनेको छ । तर, उनी कहाँ छन् भन्ने खुलेको छैन् ।

राजनीतिक प्रतिशोध नै भएपनि ‘प्रचण्ड’ले यो फाइल खोल्ने हिम्मत गरे, ओली र देउवाले सकेनन् । यसमा ‘प्रचण्ड’ धन्यवादका पात्र भएका छन् । तर, यस्ता भ्रष्टाचारका फाइल थुप्रै छन् । त्यस्ता सबै फाइल खुल्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ । यो प्रकरणमा आक्रामक देखिएका ‘प्रचण्ड’ले अन्य फाइल खोल्न सक्नेमा भने शंका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);