प्रचण्डले गरे एक तीरबाट तीन शिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डले गरे एक तीरबाट तीन शिकार

काठमाडौं, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चतुर नेता हुन् । उनले चार्तुयतापूर्वक सशस्त्र गतिविधिमार्फत् सत्ताको सीढी चढे ।

विपक्षीलाई हायल कायल पार्न सक्ने प्रचण्डले विगतमा तत्कालीन राजालाई नै घुमाइदिएका थिए । राजासँग कार्यगत एकताको कुरा निकालेर पछि झड्का दिए ।
गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको ललिपप दिए झड्का दिए । गणतन्त्र त आयो तर रामवरण यादवको तालुमा आलु फल्यो ।

प्रचण्डले विगतमा शेरबहादुर देउवालाई पटक पटक धक्का दिएको इतिहास छ । उनी कहिले देउवासँग त कहिले ओलीसँग मिल्ने बिछोडिने क्रम अझै चलिरहेको छ ।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डको दल माओवादी ३२ सिटसहित कमजोर अवस्थामा छ । उनले यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढाउन लगाएर एक तीरबाट तीन शिकार गरेका छन् ।

पहिलो नेकपा एमालेभित्र कम्पन नै आइसकेको छ । माओवादी छाडेर एमालेमा जाने प्रभावशाली नेताहरुलाई तारोमा पारे शरणार्थी प्रकरणमा । यसले केपी शर्मा ओलीलाई छटपटी बढेको छ ।

दोस्रो प्रचण्डको पछिल्लो कदमले काँग्रेसभित्र त धाजा नै फाँट्ने अवस्था सृजना भएको छ । सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण पक्राउ परेका छन् । काँग्रेसभित्र दुई गुटको लडाईं चर्किएको छ । देउवा निकै अप्ठ्यारोमा परेका छन् ।

तेस्रो प्रचण्डले आफ्नो साख बढाउने उत्तम मौका पाएका छन् । भ्रष्टाचारविरुद्ध अभियान चलाएको भन्दै बलियो देखिएका छन् । उनले माओवादीको शक्ति आर्जनको उपयुक्त मौका भेटेका छन् ।

यसरी प्रचण्डले एक तीरबाट तीन शिकार गरेका छन् । सरकार ढाल्ने खेलहरु भित्र भित्र चलिरहँदा प्रचण्डको भ्रष्टाचारविरुद्धको अभियानले दलहरुमाथि नैतिक संकट बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);