प्रधानमन्त्री दाहाललाई क–कसले देलान् विस्वासको मत ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रधानमन्त्री दाहाललाई क–कसले देलान् विस्वासको मत !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको हो ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री दाहाललाई १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको आज बसेको बैठकले प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । दाहालले संसदका सबै सदस्यले आफूलाई विश्वासको मत दिने दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री दाहाललाई गठबन्धनमा आबद्ध नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले विश्वासको मत दिनेछन् । प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको अहिले पदाधिकारीको बैठक बसिरहेको छ । त्यसपछि लगत्तै संसदीय दलको बैठक बस्दैछ । प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । देउवा प्रचण्डलाई विश्वासको मत दिन सकरात्मक रहेको स्रोतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);