प्रधानमन्त्री दाहालले विश्वासको मत लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ ।

सोमबार संघीय संसद्का महासचिवलाई पत्र लेख्नुहुँदै प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने उल्लेख गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);