नवनिर्वाचित साँसद रायमाझीको आग्रह– समृद्ध मात्र होईन सभ्य अर्घाखाँची बनाओैँ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नवनिर्वाचित साँसद रायमाझीको आग्रह– समृद्ध मात्र होईन सभ्य अर्घाखाँची बनाओैँ

काठमाडौं । प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले समृद्ध सँगसँगै सभ्य अर्घाखाँची बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार निर्वाचित रायमाझीले समृद्ध र सभ्य जिल्ला बनाउनको लागि सवैको साथको अपेक्षा गरिन् ।

जनताको मत लिनको लागि पार्टीको रुपमा मैदानमा गएपनि निर्वाचित भईसकेपछि एकमना एकताका साथ जिल्लाको विकास र समृद्धिमा ध्यान दिनुपर्ने रायमाझीको भनाई छ ।

गरिखाने वर्गको हित हुनेगरी सवै अगाडि बढ्नुपर्नेमा नवनिर्वाचित साँसद विजुला रायमाझीले बताइन् ।

आफूमा ब्यक्तिगत महच्वाकाँक्षा नभएको बताउँदै भाइचारा सम्वन्धका साथ अगाडी बढ्नका लागि रायमाझीले सवैको साथको अपेक्षा गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);