भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन रमेश जंग रायमाझीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन रमेश जंग रायमाझीको माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद रायमाझीले संसदलाई विघटन गर्ने भ्रष्टाचारका महानायक केपी शर्मा ओली भएको आरोप लगाएका हुन् ।

उनले २ वर्षसम्म केपी ओलीको सरकारलाई कुनै प्रतिक्रिया नजनाइ समर्थन गरेको बताए । कोभिड १९ मा पनि अर्बौं रुपैयाँ भ्रष्टाचार गरेपछि भ्रष्टाचारका महानायक केपी ओलीलाई तह लगाउनका लागि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको उनले बताए ।

कोभिड १९ का सामग्री खरिदमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको बताउँदै उनले त्यसमा संलग्न हुने भ्रष्टाचारीहरुलाई कारबाही गर्नको लागि संसदीय समिति बनाउन पनि आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);