सांसद विमला घिमिरेले भनिन्–जयसिंह धामीको बारेमा सरकार नबोल्दा लज्जाबोध भएको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सांसद विमला घिमिरेले भनिन्–जयसिंह धामीको बारेमा सरकार नबोल्दा लज्जाबोध भएको छ

काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा सरकारले बोल्न नसकेकोमा आफू लज्जित भएको बताईन् ।

राष्ट्रिय सभाको विशेष समयमा घिमिरेले भारतीय सीमा सुरक्षा बलका एसएसपीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा बोल्न नसकेको सरकार देख्दा आफूलाई लज्जाबोध भएको बताईन् । उनले यस्तो अमानवीय र दुखद् घटनाले नेपालीहरुलाई अत्यन्त मर्माहत बनाएको बताईन् ।

भारतीयले गरेको अपमानबाट शिकार भइसक्दा समेत सरकार बोल्न मिल्दैन भनेर चुपचाप बसेको आरोप लगाईन् । उनले यसकै लागि परमादेशबाट कम्फरटेबल सरकार बनाइएको हो भन्दै प्रश्न समेत गरिन् ।

घिमिरेले लामो समयदेखि कोरिया जानका लागि इपीएस पास गरेर बसेका विद्यार्थीहरुलाई कोरिया सरकारसँग यथाशीघ्र पहल गरेर जाने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराईन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);