कांग्रेसका कारण सर्यो संसद बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कांग्रेसका कारण सर्यो संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक र संसदीय दलको बैठक बस्ने हुनाले  बैठक २ घण्टा पछि सारिएको हो ।

कांग्रेसको बैठकमा प्रधानमन्त्रीलाई मत दिनेबारे छलफल गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिदै हुनुहुन्छ ।  प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १ सय ३८ सांसदको समर्थन आवश्यक पर्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);