प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले प्रचण्डलाई सर्तसहित विश्वासको मत दिने निर्णय गरेको स्रोतले जनाएको छ ।  बैठकले सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

धानमन्त्रीले आज ११ बजेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले कुनैपनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्नेकुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि समक्ष प्रस्ताव राख्न सक्नेछन् ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);