पहिचान र अधिकारको मुद्दा छोडेको छैन : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिचान र अधिकारको मुद्दा छोडेको छैन : अध्यक्ष दाहाल

काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले पहिचान र अधिकारको मुद्दा नछोडेको बताएका छन् ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्धारा आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताएका हुन् ।

दलित र महिलालाई विशेषाधिकार दिनको निम्ति आफुले पहल गरेको पनि उनको भनाई छ । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछोडेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिबासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए ।

नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई छ । दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफु बाचुञ्जेल लड्ने पनि बताए । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);