सत्ता गठबन्धनभित्रै ध्रुवीकरण, तराई केन्द्रित पार्टीको फरक फरक मोर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्ता गठबन्धनभित्रै ध्रुवीकरण, तराई केन्द्रित पार्टीको फरक फरक मोर्चा

काठमाडौं, २७ फागुन । सत्ता गठबन्धनभित्रै नयाँ ध्रुवीकरण भएको छ । गठबन्धनको तराई केन्द्रित तीन दलले आपसी सहकार्यको सहमति गरेका छन् ।

उपराष्ट्रपतिमा जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएकै दिन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जना श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सहकार्यको सहमति विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । जबकि सत्ता गठबन्धनकै जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपतिमा दुईजना उम्मेदवार खडा गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र प्रमिला यादव उपराष्ट्रपतिका उम्मेदवार छन् । रामसहायको उम्मेदवार खारेजीको माग गर्दै दुईवटा उजुरी निर्वाचन आयोगमा परेको छ । जसमध्ये एउटा विपक्षी सीपीएन यूएमएलले र अर्को जनमत पार्टीले दर्ता गरेको छ ।

सत्ता गठबन्धनभित्र तीनजना उम्मेदवार रहेपनि जसपाबाट कुनै एक उम्मेदवार हुने निश्चित छ । भोलि आइतबार उम्मेदवार फिर्ताको समय छ । जसपा र जनमत दुवै दलबाट उम्मेदवार खडा भएमा सत्ता गठबन्धनभित्रै आपसी प्रतिष्पर्धा हुनसक्छ ।

अहिले सत्ता गठबन्धनभित्र १० दल छन् । उनीहरुभित्र पनि ध्रुवीकरण हुन थालेको छ ।

तराई केन्द्रित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी एक ठाउँमा देखिएका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति फरक मोर्चामा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);