मधेश केन्द्रित नेताहरुबीच मतभेद, उपेन्द्र यादव एकतिर बाँकी अर्कातिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मधेश केन्द्रित नेताहरुबीच मतभेद, उपेन्द्र यादव एकतिर बाँकी अर्कातिर

काठमाडौं, १ चैत्र । मधेशलाई केन्द्रित राजनीतिक गर्दै आएका मुख्य नेताहरुबीच मतभेद बढेको छ । मधेश प्रदेशका नेताहरुबीचको मतभेद उपराष्ट्रपति चुनावमा झन् बढेको हो ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट तीनजना उम्मेदवार रहेका छन् । जसमध्ये उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीकी प्रमिला कुमारीले उम्मेदवारी फिर्ताको स्वः घोषणा गरिसकेकी छिन् । उनकै दलका नेता रामसहाय प्रसाद यादव पनि उम्मेदवार छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन् । राउतको दल पनि सत्ता गठबन्धनमै छ ।

गठबन्धनभित्रैको जनमत पार्टीका अलावा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले मोर्चा बनाएका छन् । उनीहरु उपराष्ट्रपति चुनावमा ममता झाको पक्षमा खुलेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी मधेशको राजनीतिमा एक्लिएको छ । यसले उपराष्ट्रपति चुनावलाई रोचक मोडमा पु¥याएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजीव झाले आफूहरुले कसैलाई एक्लो नबनाएको बताए । उनले भने, उपेन्द्र यादवले जातीय राजनीति गर्नुभयो त्यो लामो समय टिक्दैन भन्ने देखिएको छ ।

उपेन्द्र यादवमाथि यादव समुदायलाई मात्र प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । झाले उपेन्द्र यादव जातीय मोर्चाको नेता मात्र भएको टिप्पणी गरे ।

३ चैत्रमा उपराष्ट्रपति चुनाव हुँदैछ । सत्ता गठबन्धनले रामसहाय यादव वा ममता झामध्ये कसलाई आधिकारिक बनाउने हो टुंगो लगाएको छैन ।

विपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);