फोटोसप गरेर गायब पारिएका राष्ट्रपतिका गालाका कोठी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

फोटोसप गरेर गायब पारिएका राष्ट्रपतिका गालाका कोठी फिर्ता

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिरलाई ‘इडिट’ गरेर गालाको कोठी नै गायब भएको तस्विर राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएपछि यसबारे निकै चर्चा भएको थियो ।

फोटोग्राफर र यसका जानकारहरुले फोटोग्राफिको सामान्य ज्ञान नभएकाले मात्र यस्तो काम गर्ने भन्दै आलोचना पनि गरे ।

यसबारे सामाजिक सञ्जालमा समेत निकै टिकाटिप्पणी भएपछि तीन दिनअघि राखिएको उक्त तस्विर राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइएको छ । राष्ट्रपति पौडेलको गालाको कोठी देखिएको तस्विरलाई वेबसाइटमा राखिएको हो ।

यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइनुका साथै चाउरी परेको गालालाई पनि सम्पादन गरेर चिल्लो पारिएको थियो ।

उक्त तस्विरमा पौडेलका आँखा वास्तविकभन्दा ठूला र धेरै गोरो देखाइएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);