उपराष्ट्रपतिका उम्मेदवार द्धय शाक्य र यादव मतदान स्थल पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

उपराष्ट्रपतिका उम्मेदवार द्धय शाक्य र यादव मतदान स्थल पुगे

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति पदको निर्वाचनका लागि संसद भवन परिसरमा चहलपहल शुरु भएको छ । आज (शुक्रवार) उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से मलमा हुनेछ । निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नुभएका यादव र नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी शाक्य मतदान स्थलमा पुगिसक्नुभएको छ ।

उपराष्ट्रपति पदमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार हुनुहुन्छ । यद्यपी प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरिसक्नुभएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);