उपराष्ट्रपतिको निर्वाचनको आज, १० देखि ३ बजेसम्म मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपराष्ट्रपतिको निर्वाचनको आज, १० देखि ३ बजेसम्म मतदान

काठमाडौं । उपराष्ट्रपति पदको लागि आज निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ ।
आज साझ ६ बजेभित्रमा परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

संघीय सांसदले संसद भवनको मुल गेटबाट प्रवेश गरेर मतदान गर्नेछन् भने प्रदेशसभा सदस्यले बगैचा तर्फको हरियो गेटबाट प्रवेश गरेर मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ ।

उपराष्ट्रपति पदका लागि चारै जना उम्मेदवारी परे पनि एक जनाले फिर्ता लिएकी छिन् । प्रमिला कुमारीले उम्मेदवारी फिर्ता लिएर रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।

नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);