उपराष्ट्रपतिको मतदान शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उपराष्ट्रपतिको मतदान शुरु

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा उपराष्ट्रपति पदका लागि मतदान प्रक्रिया शुरु भएको छ ।

मतदान प्रक्रिया बिहान १० बजेबाट शुरु भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसक्नुभएको छ भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले
सांसद नभएका कारण मतदान गर्न पाउनु हुनेछैन ।

उहाँहरु पनि निर्वाचन स्थलमा भने पुगिसक्नुभएको छ । अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);