उपराष्ट्रपतिको निर्वाचन भोलि, सम्पुर्ण तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपराष्ट्रपतिको निर्वाचन भोलि, सम्पुर्ण तयारी पुरा

काठमाडौं, २ चैत्र । उपराष्ट्रपति पदको लागि भोलि निर्वाचन हुँदैछ । शुक्रबार हुने निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयको कार्यालयले मतदान केन्द्र निर्माण मतपत्रको तयारी लगायतका काम पुरा भएको जनाएको छ ।

मतदान बिहान १० बजे सुरु भई ३ बजेसम्म हुनेछ भने ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म मतपरिणाम आइसक्ने आयोगले जनाएको छ । उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट ३ र नेकपा एमालेबाट एक जनाको उम्मेदवारी परेको छ । जसपाबाट रामसहाय यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);