संखुवासभामा निर्वाचन तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संखुवासभा, ३० कार्तिक। प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपत्र र निर्वाचन सामग्री जिल्लामा पुगेको छ । अहिले निर्वाचनका लागि मतपत्र लगायतका सामग्रीको रुजु गर्ने काम भइरहेको कार्यलयले जनाएको छ ।

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न संवेदनशील ठाउँ तथा सुरक्षा चुनौती भएका व्यक्तिहरुको पहिचान गर्न सादा पोशाकमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

संखुवासभामा एक सय ३ वटा मतदान स्थल मध्ये ३५ वटालाई अतिसंवेदनशील, ४५ वटालाई संवेदनशील र २३ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ । एकलाख ५ हजार ८५ मतदाता रहेको संखुवासभामा १० दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
संखुवासभामा मंसिर १० गते निर्वाचन हुँदै छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);