मन्त्रीलाई नै लक्षित गरी बम प्रहार, आफ्नो नाममा तेस्रो पक्षले फाइदा उठाएको नेकपाको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, ३० कार्तिक । सिंचाई राज्य मन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा बम प्रहार भएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाए अनुसार सुत्ली बम प्रहार भएको हुन सक्ने र घटनामा कुनै क्षति भने भएको छैन । मन्त्री पुन घरदैलो कार्यक्रमका क्रममा त्यहाँ पुगेका थिए । गाडी सवार उनीमाथि पडाडिबाट बम प्रहार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्वाचनको विरोधमा रहेको विप्लप नेतृत्वको नेपाल कम्युष्टि पार्टीले यस्तो हर्कत गरेको हुन सक्ने आशंकालाई चिर्दै पार्टीका राप्ती व्यूरो इन्चार्ज केशबहादुर बाँठाले आफूहरु शान्तिपूर्ण रुपमा विरोध गरिरहेको छ र आफूहरुको नाममा तेस्रो पक्षले फाइदा उठाएको दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);