देशको गरिबी निवारण गर्न वाम गठबन्धनले जित्नुपर्छः नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

काठमाडौँ, ३० कार्तिक। नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा सरकारको स्थायित्व कायम गरी राष्ट्रको गरिबी निवारण गर्न वाम गठबन्धनले नै जित्नपर्ने बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विगतका सरकारले स्थिरतालाई कायम गर्न नसक्दा विकासले गति लिन नसकेको कारण वामपन्थी सरकारलाई जिताउनै पर्ने नेता नेपालको दाबी रहेको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले मुलुकमा गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस अत्तालिएको र गठबन्धनको सरकार निर्माण भएमा अधिनायकवादको उदय हुने भनेर भ्रम फैलाउन लागेकामा त्यस्तो अर्थहीन प्रचारको पछि नलाग्न समेत आग्रह गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);