रोल्पामा माओवादी नेताहरुलाई लक्षित गरी बम प्रहार, तेस्रो पटक पनि निशानामा वर्षमान पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, १ मंसिर । रोल्पामा माअ‍ोवादी नेताहरु सवार गाडीलाई लक्षित गरी बम प्रहरा भएको छ। ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुर्इवटा बम प्रहार भएको हो ।

फरकफरक गाडीमा सवार उनीहरु लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै थिए । लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलको भीरबाट नेताहरुको गाडी भन्दा १० मिटर अगाडि बम प्रहार भएको नेताहरुसँगै रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्ती मगरले बताएका छन् ।

घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरू सुलिचौरबाट लिवाङका लागि प्रहरी स्कटिङमा लिवाङ जाँदै थिए । बम प्रहार भए लगत्तै प्रहरीले भदौरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ ।

सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम आयोजना गरिएको लिवाङमा पुगिसकेका छन् । वर्षमान पुनलाई लक्षित गरेर यसअघि पनि दुई पटक बम प्रहार भइसकेको छ । गत कार्तिक २४ र २५ गते पनि नेता पुनलाई लक्षित गरी बम प्रहार भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);