विष्फोटका घटनाबाट नआत्तिन निर्वाचन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

काठमाडौँ, १ मंसिर । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले बम आक्रमणबाट जोगिन उम्मेदवारहरुले आफैं सुरक्षाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षा निकायले मात्र सुरक्षाको व्यवस्था गर्न नसक्ने भन्दै उम्मेदवारहरुले पनि प्रचारप्रसारलाई सुरक्षित बनाउन भूमिका खेल्नुपर्ने बताए। उनले शुक्रबार माउण्टेन टेलिजनको माउन्टेन सम्वाद कार्यक्रममा पछिल्लो पटक बढेका बम आक्रमणका घटनाबाट त्रसित नहुन उम्मेदवार र मतदातालाई आग्रह समेत गरेका छन्।

उनले संविधानसभाको पहिलो र दोस्रो निर्वाचनका बेला पनि त्रासको वातावरण उत्पन्न गर्ने विष्फोटका घटना भएको भन्दै सानातिना घटनाबाट आयोगले नआत्तिन सुझाव दिएका छन्।

प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवारलाई लक्षित गरेर भइरहेका घटनाका बारेमा आयोगले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइसकेको उनको दाबी छ। प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका कारण निर्वाचनको सुरक्षामा कमजोरी नहुनेमा आयोग विश्वस्त रहेको पनि बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);