गोरखामा बाबुरामलाई सघाउन कांग्रेसका गगन र रामचन्द्र जाने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौँ, १ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेताहरू नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईका लागि भोट माग्न गोरखा जाने भएका छन्।

शनिबार गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्तिले संयुक्त चुनावी कार्यक्रम गर्दैछन्। सो सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीसँग केन्द्रीय सदस्य प्रदीप पौडेल पनि पालुङटार सहभागी जनाउने भएका छन्।

काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार एवम् नेता गगन थापा पनि बाबुरामको क्षेत्रमा भोट माग्न जाने भएका छन्। उनी मंसिर ५ गते गोरखा जान लागेका छन्। उनले गोरखा १ का कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठ र २ का उम्मेदवार भट्टराईका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। गोरखा २ मा कांग्रेसले भट्टराईलाई सघाएको छ भने १ मा नयाँशक्तिले श्रेष्ठलाई समर्थन गरेको छ।

गोरखा कार्यक्रममा सहभागिता जनाएपछि नेता थापा भोजपुर र नुवाकोटमा कांग्रेस उम्मेदवारका पक्षमा भोट माग्न जानेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);