भोट माग्न राप्रपा पार्टी कार्यालय पुगे रामचन्द्र | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

भोट माग्न राप्रपा पार्टी कार्यालय पुगे रामचन्द्र

काठमाडौं । राष्ट्रपति पदका उम्मेद्वार रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालयमा पुग्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचनको मौन अवधि सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा पौडेल राप्रपासँग भोट माग्न पार्टी कार्यालयमा पुग्नु भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई भेटेर पौडेलले आफुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुँदैछ । पौडेलले यसअघि अन्य पार्टीका कार्यालयमा समेत भोटमाग्न पुग्नुभएको थियो ।

नयाँ राष्ट्रपति चयनका लागि बिहिबार चुनाव हुँदैछ । एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ र आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल चुनावी प्रतिस्पर्धामा हुनुहन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);