भोट माग्न नेम्वाङको दौडधुप, एकैदिन तिन पार्टीका कार्यालय पुगे, कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भोट माग्न नेम्वाङको दौडधुप, एकैदिन तिन पार्टीका कार्यालय पुगे, कसले के भने ?

काठमाडौं । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दुई उम्मेद्वारले घरदैलो गरिरहेका छन् । उम्मेद्वारी दर्तागरेसँगै ८ दलको तर्फबाट उम्मेद्वारी दिनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रास्वपाका सभापति रवि लामिछानेको निवासमै पुगेर भोट माग्नुभएको थियो । सरकारलाई दिएको समर्थन यथावत राखेको रास्वपा सरकारबाट भने बाहिरिसकेको छ ।

निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा रास्वपाले हालसम्मपनि राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने बारे निर्णय लिएको छैन् । त्यसैले पनि राष्ट्रपतिको निर्वाचनमा एक्लीएको एमालेलाई रास्वापा र राप्रपाको साथ पाउने आशा छ । सोहि अनुरुप नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ आज घरदैलोमै हिड्नुभएको छ । उहाँले एमालेबाट फुटेर गठन भएको नेकपा(एकिकृत समाजवादी) को पार्टी कार्यालयमै पुगेर भोट माग्नुभयो ।

नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटमा उहाँले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याल पनि सँगै नेकपा (एस) को पार्टी कार्यालयमा पुग्नुभएको थियो ।

नेकपा (एकीकृत समाजवादी) ले भने बुधवार सचिवालय बैठकबाट राष्ट्रपतिमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताउनु भयो । उहाँले पार्टी अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गर्दै बिदा गरेको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी रामचन्द्र पौडेलेको प्रश्तावक रहेको र तत्काल यसै गर्छौं भन्ने सम्भावना नरहेको उल्लेख गर्दै एक पार्टीले अर्को पार्टीको नैतिकतालाई बुझेर अघि बढेको बताउनु भयो ।
त्यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफूहरुले पार्टीबाट उम्मेदवार नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र कुराकानी सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताउनु भयो ।

उपमहासचिव गुरुङले दुई पार्टीबीच पार्टी एकताको अभियानको शुभारम्भ भएको पनि बताउनु भयो । त्यहाँबाट बाहिरिएपछि एमालेको टीम रास्वापाको पार्टी कार्यालयमा पुगेको थियो । रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा नेम्वाङले आफुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । यसको जवाफमा लामिछानेले पार्टीको बैठक बसेर निर्णय गर्ने बताउनु भएको थियो ।

नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराही समेत पुग्नुभयो । त्यहाँ पुगेर उहाँले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गर्नुभएको हो । भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताउनु भयो । उहाँले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताउनु भयो ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गर्नुभयो । उहाँले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);