तनहुँ–१ मा भट्टराई-वाग्ले, जित्ने सम्भावना कसको कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

तनहुँ–१ मा भट्टराई-वाग्ले, जित्ने सम्भावना कसको कति ?

काठमाडौं, १७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । विभिन्न कारण रिक्त रहेका सांसद पदमा आगामी १० वैशाखमा उपचुनाव हुँदैछ ।

तीन क्षेत्रको उम्मेदवारका लागि पार्टीमा हुने प्राइमरीका लागि रास्वपाले ६ जनाको नाम सार्वजनिक गरेको हो । सार्वजनिक नामावलीमा चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् । कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै रिक्त रहेको तनहुँ १ मा रास्वपाले डा. स्वर्णिमसँगै ईश्वर लामिछाने र डा.रुपक विक घिमिरेलाई पनि उम्मेदवार छन् ।

त्यसैगरी, बारा पनि २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम अघि सारिएको छ । पूर्व डीआईजी खरेल गत ४ मंसिर मा भएको चुनावमा काठमाडौं १ पराजित भएका थिए । उनले चुनाव अघि नै रास्वपासँग एकता गर्नेबारे चर्चा चलेको थियो । खरेलले एकताबारे रास्वपाले धोका दिएको बताउँदै आएका थिए ।

खरेल नेपाल प्रहरीका भूतपूर्व डिआईजी हुन् । उनी आफ्नो इमानदारी पुर्ण प्रहरी कार्यका कारण नेपाली जनताहरू माझ निकै लोकप्रिय रहेका छन् । यसोत रमेश खरेल नेपालको राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान समेत हुन् ।

कांग्रेस परित्याग गरेका वाग्ले अर्थशास्त्री हुन् । उनी कांग्रेसमा महामन्त्री गगन थापा निकट मानिन्छन् । थापालाई प्रोजेक्ट गर्भर्मेन्ट नामक नीतिगत परियोजनामा पनि वाग्लेले सल्लाह दिएका थिए । तत्कालिन शुशिल कोइराला सरकारमा राष्ट्रिय योजना आयोग सदस्य र शेरबहादुर देउवाको पालनमा उपाध्यक्ष बनेका थिए । गत चुनावमा चितवन, गोरखा वा काठमाडौंमा एक स्थानबाट टिकट पाउने अपेक्षा गरेका वाग्ले देउवा र पत्नी आरजुसँग आक्रोसित हुँदै कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् । रास्वपाबाट तनहुमा उम्मेदवार भएपनि उनलाई जित्न भने दाँतमा ढुंगा लागे जत्तिकै हुनेछ ।

तनुहँ–१ मा पार्टीमा लामो समय विताएका अर्का बौद्धिक व्यक्तित्व गोविन्द भट्टराईलाई कांग्रेसले आधिकारीक उम्मेदवार बनाएको छ । भट्टराईले नेकपा माओवादी, एकीकृत समाजवादीसहित ९ दलको समर्थन पाउनेछन् ।  एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार हुँदैछन् । तनहूँका जनताले काम धेरै गरेपनि अवसर नपाएको नेताको रुपमा भट्टराईलाई बुझ्ने गरेका छन् । ‘रामचन्द्रलाई राष्ट्रपति बनायौ, अब तपाईलाई न्याय गर्छौ जनताले मलाई भनेका छन्, मेरो जित निश्चित छ’ भट्टराईले भने । भट्टराईले कुनै पदमा नहुँदा पनि बजेट पारेर विभिन्न क्षेत्रमा जनतालाई सहयोग गर्दै आएको सो क्षेत्रका मतदाता बताउँछन् ।

लाभको पदमा नपुगीकन पनि ५९ वटा खानेपानीको योजना, विद्युतिकरण, विद्यालय निर्माण, सडक, पुल पुलेसा बजेट पार्न सफल भट्टराई कांग्रेसका सरल तथा स्वच्छ छवि भएका बिकास प्रेमी युवा नेता हुन् । भट्टराई जस्तो विकास प्रेमी नेता सांसद भए तनहुँको मुहार फेरिने कांग्रेसका युवा नेता तथा तनहुँ क्षेत्र नं १ मतदाता रोजन बानिया बताउँछन्।

कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको तनहुँ १ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);