पूर्व अर्थमन्त्री रामशरण महतलाई लक्षित गरी बम बिष्फोट, ४ जना घाइते (तस्विर सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, १ मंसिर । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतमाथि बम प्रहार भएको छ। नेता महतको चुनावी प्रचारमा रहेको बा १६ च ६६५ नम्बरको गाडीलाई लक्षित गरी अज्ञात समुहले एम्बुस बिष्फोट गराउँदा ४ जना कार्यकर्ता घाईते भएका छन्।  आज बिहान चुनावी प्रचारमा रहेको महत चढेको गाडीमाथि नुवाकोटको ककनी ४ भिकारी चौर भन्ने स्थानमा एम्बुस विष्फोट गराइएको प्रहरीले जनाएको छ। आक्रमणमा विद्यार्थी नेता उपेन्द्र मिश्र र सविन लामासहित ४ जना घाइते भएका हुन्।

महतमाथि किन र कस्ले विष्फोट गराएको भन्ने बारे नखुले पनि नेकपाका कार्यकर्ताले गराएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रतिनिधिसभाको निर्वाचनमा महत नुवाकोट १ बाट चुनाव लड्दैछन्। बम आक्रमणबाट कांग्रेस कार्यकर्ताहरु उपेन्द्र मिश्र, सबिन लामा, यशकुमार तामाङ र लीला घर्ती मगर घाईते भएका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);