आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा नुवाकोटमा बम विष्फोट : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नुवाकोट बम बिष्फोटको कांग्रेसद्वारा निन्दा र भत्र्सना –

ललितपुर, १ मंसिर । नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ ।

निर्वाचनको प्रचार प्रसारमा हिंडिरहेका बेला नेता एवं कार्यकर्ता चढेको गाडीलाई लक्षित गरी शुक्रबार विहान करीब १० बजे ककनी गाउँपालिका वडा नं. ५ काउथेथाना नजिक प्रेसरकुकर बम विष्फोट भएको थियो ।

को को परे विष्फोटमा
विष्फोटमा परी उम्मेदवारहरुसँगै चुनावी प्रचार प्रसारमा हिडेका उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सविन लामा, रमेश राई लगायतका नेपाली कांग्रेसका ५ जना कार्यकर्ताहरु गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले काठमाडौँमा उपचार भैरहेको छ ।

आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा विष्फोट
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा शुक्रबार प्रकाशित विज्ञप्तिमा भनिएको छ,“नेपाली कांग्रेसप्रतिको जनलहरबाट अत्तालिएर आपराधिक मानसिकता बोकेका विपक्षीहरुद्वारा नेपाली कांग्रेसका उम्मेदवारहरुको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।”

नेपाली कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको जनाउँदै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);